रास्वपा केन्द्रीय समिति बैठक सर्यो, ढाकाकुमारमाथि आजै होला त कारबाही ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियोबारे निर्णय लिन बुधवार बिहान ९ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सरेको हो।
केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गरिने रास्वपा महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको छ । पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएकाले थियो ।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् । आफूलाई पार्टीले कारबाही गरेको अवस्थामा पैसा माग्ने सभापति रवि लामिछानेको कोर टिमको खुलासा गरिदिने चेतावनी दिने सांसद श्रेष्ठको चेतावनी छ । श्रेष्ठले भनेको कोर टिममा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल केन्द्रीय सदस्य दीपक बोहरा लगायत रहेको बुझिएको छ । उपाध्यक्ष अर्याल सांसद श्रेष्ठमाथि कारबाही गर्न नहुने पक्षमा रहेको रास्वपा स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण