मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बीबीसीलाई सरकारी अनुदानबाट चल्ने मिडियाको संज्ञा दिएपछि मस्कले भने, ‘यसलाई धेरै सम्मान गर्छु’

बुधबार, २९ चैत २०७९, ११ : ०४
बुधबार, २९ चैत २०७९

ट्विटरका मालिक एलन मस्कले बीबीसीलाई आफूले निकै सम्मान गर्ने बताएका छन् । बीबीसीका उत्तर अमेरिकी सम्पादक जेम्स क्लेटनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । 

मस्कलाई अन्तरवार्ताका लागि अन्तिम समयमा किन मान्नुभएको प्रश्नमा उनले भने, ‘अहिले धेरै कुरा चलिरहेको छ । खासमा भन्ने हो भने म बीबीसीलाई धेरै सम्मान गर्छु । यो साक्षात्कार केही प्रश्न सोध्नका लागि, केही प्रतिक्रिया पाउन र केही भिन्न कुरा गर्न सकिन्छ कि भनेर थाहा पाउने यो राम्रो मौका हो भनेर पनि म तयार भएँ ।’

हालै बीबीसीको ट्विटरलाई सरकारी अनुदानबाट चलेको बताएपछि निम्तिएको विवादबारे पनि मस्कले प्रतिक्रिया दिए ।

मस्कले यसबारे हाँस्दै भने, ‘बीबीसीलाई राज्यको लगानीमा चलेको मिडियाको ट्याग मन परेन ।’ यसबारे बीबीसीका संवाददाताले भने, ‘बीबीसीले यो ट्यागलाई सिधै अस्वीकार गरेको छ ।’

त्यसपछि मस्कले ट्विटरको उद्देश्य पारदर्शी र इमानदार रहने बताउँदै ट्यागलाई अपडेट गर्न सकिने कुरामा पनि उनले सहमति दिए । उनले भने, ‘हामी ट्याग दिनका लागि लगातार सटिक हुने कोसिस गरिरहेका छौँ र गरिरहन्छौँ । ’

ट्विटरमा आफ्नो अनुभवबारे कुरा गरे

ट्विटरमा उनको समय कसरी बितिरहेको छ भनेर सोधिएको प्रश्नमा मस्कले भने, ‘यो दिक्क लाग्ने खालको छैन । यो उतार–चढावयुक्त रह्यो । अब धेरै कुरा मिलिसकेको छ । ’ उनले केही प्राविधिक समस्या आएको र कति पटक ट्विटर ठप्प भएको समेत स्वीकार गरे । यद्यपि, यो लामो समयका लागि थिएन र अब सबै कुरा ठिक चलिरहेको छ ।

मस्क ट्विटरमा थुप्रै राजनीतिक विचार साझा गर्दै आएका छन् । कतिले उनलाई ट्रम्पका समर्थक बताउँछन् ।

यद्यपि, बीबीसीसँगको कुराकानीमा मस्कले अमेरिकी राष्ट्रपतिको अघिल्लो चुनावमा उनले जो बाइडेनलाई भोट दिएको बताएका छन् ।

मस्कले भने, ‘पक्कै पनि करिब आधा देशले डोनाल्ड ट्रम्पलाई भोट दिएका थिए । तर म त्यसमा समावेश थिइनँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप