बीबीसीलाई सरकारी अनुदानबाट चल्ने मिडियाको संज्ञा दिएपछि मस्कले भने, ‘यसलाई धेरै सम्मान गर्छु’
ट्विटरका मालिक एलन मस्कले बीबीसीलाई आफूले निकै सम्मान गर्ने बताएका छन् । बीबीसीका उत्तर अमेरिकी सम्पादक जेम्स क्लेटनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
मस्कलाई अन्तरवार्ताका लागि अन्तिम समयमा किन मान्नुभएको प्रश्नमा उनले भने, ‘अहिले धेरै कुरा चलिरहेको छ । खासमा भन्ने हो भने म बीबीसीलाई धेरै सम्मान गर्छु । यो साक्षात्कार केही प्रश्न सोध्नका लागि, केही प्रतिक्रिया पाउन र केही भिन्न कुरा गर्न सकिन्छ कि भनेर थाहा पाउने यो राम्रो मौका हो भनेर पनि म तयार भएँ ।’
हालै बीबीसीको ट्विटरलाई सरकारी अनुदानबाट चलेको बताएपछि निम्तिएको विवादबारे पनि मस्कले प्रतिक्रिया दिए ।
मस्कले यसबारे हाँस्दै भने, ‘बीबीसीलाई राज्यको लगानीमा चलेको मिडियाको ट्याग मन परेन ।’ यसबारे बीबीसीका संवाददाताले भने, ‘बीबीसीले यो ट्यागलाई सिधै अस्वीकार गरेको छ ।’
त्यसपछि मस्कले ट्विटरको उद्देश्य पारदर्शी र इमानदार रहने बताउँदै ट्यागलाई अपडेट गर्न सकिने कुरामा पनि उनले सहमति दिए । उनले भने, ‘हामी ट्याग दिनका लागि लगातार सटिक हुने कोसिस गरिरहेका छौँ र गरिरहन्छौँ । ’
ट्विटरमा आफ्नो अनुभवबारे कुरा गरे
ट्विटरमा उनको समय कसरी बितिरहेको छ भनेर सोधिएको प्रश्नमा मस्कले भने, ‘यो दिक्क लाग्ने खालको छैन । यो उतार–चढावयुक्त रह्यो । अब धेरै कुरा मिलिसकेको छ । ’ उनले केही प्राविधिक समस्या आएको र कति पटक ट्विटर ठप्प भएको समेत स्वीकार गरे । यद्यपि, यो लामो समयका लागि थिएन र अब सबै कुरा ठिक चलिरहेको छ ।
मस्क ट्विटरमा थुप्रै राजनीतिक विचार साझा गर्दै आएका छन् । कतिले उनलाई ट्रम्पका समर्थक बताउँछन् ।
यद्यपि, बीबीसीसँगको कुराकानीमा मस्कले अमेरिकी राष्ट्रपतिको अघिल्लो चुनावमा उनले जो बाइडेनलाई भोट दिएको बताएका छन् ।
मस्कले भने, ‘पक्कै पनि करिब आधा देशले डोनाल्ड ट्रम्पलाई भोट दिएका थिए । तर म त्यसमा समावेश थिइनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण