शान्ति सेना लैजाने अनुमति कुर्दै वायुसेवा निगम
काठमाडौँ । नेपाल वायुसेवा निगम अफ्रिकी मुलुक इराइट्रिआका लागि शान्ति सेना लैजाने मिति पर्खिरहेको छ । यसअघि नै ९ अप्रिल, २०२३ मा इराइट्रिआका लागि उडान अनुमति प्राप्त गरी अन्तिम स्वीकृति पर्खिरहेको निगम संयुक्त राष्ट्रसंघमार्फत जवाफ नपाएपछि रोकिनु परेको थियो । ९ अप्रिलको राति ९ः ३० बजे निगमको एयरबस–३२० ७७ जना युएन मिसन (शान्ति स्थापनाका लागि) नेपाली सेना बोकर इराइट्रिआ जाने कार्यतालिका थियो । तर, अन्तिम समयसम्म पनि स्वीकृति नमिलेपछि सो दिनको उडान रद्द हुन पुगेको थियो ।
पुनः भोलिपल्ट १०, अप्रिल २०२३ का दिन दिउँसो १ बजे उडान अनुमतिको लागि सिधै अनुरोध गरिएकोमा सो दिन समेत अनुमति पाउन नसकेपछि उडान रोकिन पुगेको थियो । पटक पटक कुटनीतिक पहल गर्दा समेत उडान अनुमति पाउन नसकिएकाले उडान रद्द हुन पुगेको निगमका प्रवक्ता समेत रहेका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।
सोही उडान पुनः अर्को मितिमा गर्नेगरी मंगलबार नेपाली सेनाको मुख्यालयमा नेपाली सेना र नेपाल एयरलाइन्सका उच्च पदस्थ पदाधिकारीसहित संयुक्त राष्ट्रसंघ मुख्यालय लगायत सम्बद्ध निकायहरुसँग आवश्यक समन्वय गरी उक्त उडान अर्को उपयुक्त समयमा गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए । नेपाली सेना र निगमबीचको सम्झौता अनुसार संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई जाने नेपाली सेनाका पदाधिकारीहरुलाई सम्बन्धित देशहरुमा लैजाने र ल्याउने कार्य नेपाल वायुसेवा निगमले गदै आएको छ ।
यस्तो उडानका लागि निगमलाई आवश्यक पर्ने अनुमति सम्बन्धित देशको नियमानुसार कुटनीतिक माध्यमबाट लिने गरिएको छ । यसै सन्दर्भमा ९ अप्रिल २०२३ को लागि उडान तय भएको अफ्रिकी मुलुक युगाण्डा जाने चार्टड उडानको लागि हवाई मार्गमा पर्ने विभिन्न १२ वटा देशहरुमा निगमले अनुमति माग गरेको थियो । तर, अन्य ११ स्थानका लागि अनुमति प्राप्त भएपनि इराइट्रिआका लागि भने अनुमति पाएन । यसैका लागि निगमले अर्को निर्णय पर्खिएको हो । उक्त गन्तव्यका लागि ७७ जना नेपाली सेना जाँदैछन् भने उताबाट ६७ जना सेना नेपाल फर्किदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण