नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ ।
विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।
विशेष गरी पूर्वाधार विकासमा विश्व बैंककाे सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए । विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमा छलफल भएको थियो ।
माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतले चासो राखेका थिए । मन्त्री डा. महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण