शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको नेतृत्वका लागि मतदान सकियो, एसोसिएटको सबै भोट खसेन

बुधबार, २९ चैत २०७९, १८ : ४६
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान सकिएको छ  । बुधबार भएको नयाँ नेतृत्व चयनका लागि महासंघको मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार बिहान १० देखि ६ बजेसम्म मतदान भएको थियो । समितिका अनुसार महासंघमा जिल्लानगरमा ११७ भोट, वस्तुगततर्फ १२३ भोट छन् । जिल्लानगर र वस्तुगततर्फका सबै भोट खसेपनि एसोसिएटतर्फ भने सबै भोट नखसेको समितिले जनाएको छ । 

महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मत छ । ६ बजेसम्ममा करिब १७ सय भोट खसेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । 

उनले भने, 'करिब ५०-६० भोट खसेन । अहिले गणना हुँदैछ । कति भोट खसेन भनेर एक्छिनमा थाहा हुन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप