महासंघको नेतृत्वका लागि मतदान सकियो, एसोसिएटको सबै भोट खसेन
बुधबार, २९ चैत २०७९, १८ : ४६
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान सकिएको छ । बुधबार भएको नयाँ नेतृत्व चयनका लागि महासंघको मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार बिहान १० देखि ६ बजेसम्म मतदान भएको थियो । समितिका अनुसार महासंघमा जिल्लानगरमा ११७ भोट, वस्तुगततर्फ १२३ भोट छन् । जिल्लानगर र वस्तुगततर्फका सबै भोट खसेपनि एसोसिएटतर्फ भने सबै भोट नखसेको समितिले जनाएको छ ।
महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मत छ । ६ बजेसम्ममा करिब १७ सय भोट खसेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।
उनले भने, 'करिब ५०-६० भोट खसेन । अहिले गणना हुँदैछ । कति भोट खसेन भनेर एक्छिनमा थाहा हुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण