अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क
काठमाडौं । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन् । तर राष्ट्र बैंकले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।
अर्थतन्त्र समस्यामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न पक्षसँग छलफल गरी सुधारका लागि पहल गर्ने आश्वासन दिँदै आएका छन् । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए ।
'आर्थिक अवस्थाका हिसाबले अहिले निकै चुनौतीपूर्ण छ,' प्रधानमन्त्री दाहालले भनेका छन्, 'सरकारको सम्पूर्ण तागत लगाएर अर्थतन्त्रलाई लयमा ल्याउछौं ।' प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थतन्त्र समस्यामा छ भन्ने बुझिन्छ ।
प्रधानमन्त्रीले अर्थतन्त्रका कारण दबाबको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ढुक्क देखिन्छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भई प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने गभर्नर अधिकारी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण