अन्तरवार्तापछि मस्कले बीबीसीको ट्याग फेरे
ट्विटरका मालिक तथा टेस्ला र स्पेसएक्सका सिइओ एलन मस्कले बीबीसीको ट्यागलाई ‘पब्लिकली फन्डेड मिडिया’मा परिवर्तन गरेका छन् । बीबीसी उत्तर अमेरिकाका सम्पादक जेम्स क्लेटनलाई बुधवार दिएको अन्तर्वार्तापछि ट्विटरले बीबीसीको ट्यागलाई ‘स्टेट फन्डेड मिडिया’ बाट ‘पब्लिकली फन्डेड मिडिया’मा परिवर्तन गरेको छ ।
अन्तर्वार्ताको क्रममा, मस्कले ट्विटरमा बीबीसीको खातालाई ‘राज्य वित्त पोषित मिडिया’ ट्याग दिएकोमा टिप्पणी पनि गरेका थिए । बीबीसीले यसप्रति असन्तुष्टि व्यक्त गरेपछि मस्कले भने, ‘बीबीसीलाई राज्यको लगानीमा सञ्चालित मिडियाको ट्याग मन परेन ।’
त्यसपछि उनले ट्विटरको उद्देश्य पारदर्शी र इमानदार रहने भएको बताउँदै ट्याग अपडेट गर्न सकिने सम्भावना पनि व्यक्त गरेका थिए । एलन मस्कले बीबीसीको आर्थिक सहयोगको सही जानकारी दिनका लागि यसमा परिवर्तन गर्ने बताएका थिए ।
उनले भने, ‘ट्याग परिवर्तन गरेर यसलाई पब्लिक फन्डेड भन्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यसमा खासै आपत्ति छैन । हामी सटिक सही हुने प्रयास गरिरहेका छौँ ।’ यद्यपि उनले ‘कुनै पनि व्यवस्था पूर्ण रूपमा परफेक्ट हुन नसक्ने’ बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण