मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अन्तरवार्तापछि मस्कले बीबीसीको ट्याग फेरे

बिहीबार, ३० चैत २०७९, १२ : ३४
बिहीबार, ३० चैत २०७९

ट्विटरका मालिक तथा टेस्ला र स्पेसएक्सका सिइओ एलन मस्कले बीबीसीको ट्यागलाई ‘पब्लिकली फन्डेड मिडिया’मा परिवर्तन गरेका छन् । बीबीसी उत्तर अमेरिकाका सम्पादक जेम्स क्लेटनलाई बुधवार दिएको अन्तर्वार्तापछि ट्विटरले बीबीसीको ट्यागलाई ‘स्टेट फन्डेड मिडिया’ बाट ‘पब्लिकली फन्डेड मिडिया’मा परिवर्तन गरेको छ ।

अन्तर्वार्ताको क्रममा, मस्कले ट्विटरमा बीबीसीको खातालाई ‘राज्य वित्त पोषित मिडिया’ ट्याग दिएकोमा टिप्पणी पनि गरेका थिए ।  बीबीसीले यसप्रति असन्तुष्टि व्यक्त गरेपछि मस्कले भने, ‘बीबीसीलाई राज्यको लगानीमा सञ्चालित मिडियाको ट्याग मन परेन ।’

bbc1त्यसपछि उनले ट्विटरको उद्देश्य पारदर्शी र इमानदार रहने भएको बताउँदै ट्याग अपडेट गर्न सकिने सम्भावना पनि व्यक्त गरेका थिए ।  एलन मस्कले बीबीसीको आर्थिक सहयोगको सही जानकारी दिनका लागि यसमा परिवर्तन गर्ने बताएका थिए ।

उनले भने, ‘ट्याग परिवर्तन गरेर यसलाई पब्लिक फन्डेड भन्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यसमा खासै आपत्ति छैन । हामी सटिक सही हुने प्रयास गरिरहेका छौँ ।’ यद्यपि उनले ‘कुनै पनि व्यवस्था पूर्ण रूपमा परफेक्ट हुन नसक्ने’ बताएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप