५ वटा आयोजना बनाउन १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत
काठमाडौँ । सरकारले रु१ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । विभिन्न ५ वटा जलविद्युत परियोजनाको लागि सो लगानी स्वीकृत भएको हो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको ५३औं बैठकले रु१ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र रु २१ अर्ब ३७ करोड स्वदेशी गरी कूल रु१ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि रु. ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्ताबेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ।
त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ जलविद्युत परियोजनाको रु ३३.१९ अर्ब, ७० मेगावाटको दुधकोसी २ जलविद्युत परियोजनाको रु २०.३५ अर्ब, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको रु १३.४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि रु ७.९३ अर्ब लगानी स्वीकृत गरेको लम्सालले बताए ।
बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण