खानेपानी समस्या समाधानको दीर्घकालीन उपाय खोज्नुपर्छ : सहमहामन्त्री यादव
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषा जिल्लामा खानेपानी समस्याको दीर्घकालीन उपाय खोजी गर्न आवश्यक रहेको बताएका छन् । उनले सिन्धुली जिल्ला भएर बग्ने कमला खोला यसको विकल्प हुनसक्ने बताए ।
बिहीबार धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा इनार शिलान्यास गर्दै सहमहामन्त्री यादवले काठमाडौँमा मेलम्चीको पानी ल्याएजस्तै कमला खोलाको पानी ढल्केवरसम्म ल्याउन सके दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान हुने बताए ।
ढल्केवर क्षेत्रमा चेक ड्याम तथा प्रशोधन केन्द्र निर्माण गरेर ढल्केवर, महेन्द्रनगर, जनकपुरलगायत जिल्लाभरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सकिने बताउँदै उनले आफू खानेपानी मन्त्री हुँदा यस विषयमा सर्वे गराएको जानकारी दिए ।
‘दिन प्रतिदिन भूमिगत जलको सतह घट्दै गएको छ । अब पनि दीर्घकालीन उपाय खोजिएन भने खानेपानीको ठूलो समस्या सिर्जना हुन्छ,’ उनले भने ।
इनार, डिप बोरिङ्गमार्फत तत्कालका लागिमात्र खानेपानीको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।
प्रदेश सांसद अन्जना पण्डितको संसदीय विकास कोषबाट जमुनिवास र बेंगाडावरमा इनार शिलान्यास गरिएको छ । नेपाली कांगे्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रदेश सांसद कुवरकान्त झा, शेषनारायण यादव र अन्जना पण्डितले संयुक्तरुपमा सो इनार शिलान्यास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण