वायुसेवा निगम कर्मचारी सञ्चय कोषको लगानी जोखिममा !
काठमाडौँ । महालेखापरीक्षकको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनले नेपाल वायुसेवा निगम कर्मचारी सञ्चय कोषको कर्जा लगानी जोखिममा रहेको औंल्याएको छ ।
प्रतिवेदनले वाइडबडी जहाज खरिदका लागि कोषले २०७४ जेठ २८ गतेको सम्झौता अनुसार निगमलाई १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको तर निगमले ऋण तिर्न नसक्दा ब्याजसमेत साँवामा गाभिएको बताएको हो ।
निगमको ऋण बढेर २०७८÷७९ सम्ममा १४ अर्ब १५ करोड पुगेको तर सो रकम खाम्ने कुनै ग्यारेन्टी नहुँदा कोषको लगानी जोखिममा परेको महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुरुमा ऋण दिने बेलामा नै नेपाल सरकार जमानतमा दिइएकाले पछि ब्याज समेत पुँजीकरण हुँदा समेत सो रकम खाम्ने गरी सरकारबाट कुनै जमानत प्राप्त गर्न नसक्दा जोखिम बढेको महालेखापरीक्षकको भनाइ छ ।
सोही प्रतिवेदनमा महालेखापरीक्षकले ठूला र दीर्घकालीन परियोजनाहरुमा लगानी गर्दा विस्तृत अध्ययन, जोखिम विश्लेषण, व्यावसायिक योजनाको मूल्याङ्कन पश्चात् मात्र कर्जा प्रवाह गर्नुपर्ने र सो नगरेकाले कोषको कर्जा असुली जोखिम वृद्धि भएको समेत उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण