वसन्तपुरमा नेपाल पर्यटन महोत्सव आयोजना
काठमाडौँ । राजधानीको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिएको छ ।
नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन (एनटिपी) मल्टिमिडिया ग्रुपले महोत्सवको आयोजना गरेको हो ।
दुई दिने महोत्सवमा ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ देखि ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ लगायतका सेसन सञ्चालन भएका छन् । महोत्सवको उद्घाटन सेसन ‘पर्यटन प्रवचन’ पर्यटन व्यवसायी कर्ण शाक्यले गरे ।
यस्तै माटो, बाटो र दोबाटो, व्यावसायिक पर्यटन, रहर शहर, सम्पदा पर्यटन, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास र पर्यटनमा जलवायु परिवर्तनको असर शीर्षकका सेसनहरु सञ्चालन भएका छन् ।
नयाँ सिराबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण