आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर युवकको मृत्यु

शुक्रबार, ०१ वैशाख २०८०, २० : ३९
शुक्रबार, ०१ वैशाख २०८०

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । रुपन्देही सिद्धार्थ नगरपालिका–१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा बिहान साढे दश बजे अचानक आफैँ चिप्लिन गई पानीमा डुबेर मृत्यु भएको हो । 

पानीमा डुब्ने बित्तिकै प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप