पोखरीमा डुबेर युवकको मृत्यु
शुक्रबार, ०१ वैशाख २०८०, २० : ३९
पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । रुपन्देही सिद्धार्थ नगरपालिका–१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा बिहान साढे दश बजे अचानक आफैँ चिप्लिन गई पानीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुब्ने बित्तिकै प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण