हरर फिल्ममा जोडीको रूपमा देखिँदै आयुष्मा र सामन्था
मुम्बई । अभिनेत्री सामन्था रुथ प्रभुको फिल्म ‘शकुन्तलम’ आजबाट रिलिज भएको छ । फिल्मले सुरुवाती व्यवसाय राम्रो गर्दै दर्शकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ ।
फिल्ममा सामन्थाको अलवा देव मोहन, मोहन बाबु र अल्लु हाराहको अभिनय छ । फिल्ममा निर्देशकले पौराणिक पात्रमार्फत भव्यता प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
एकतिर फिल्म ‘शकुन्तलम’ले राम्रो व्यवसाय गरिरहेको समय सामन्था बलिउड अभिनेता आयुष्मान खुरानाको जोडी बन्ने खबर पनि बाहिर आएको छ । निर्माता दिनेश विजनले सामन्था र अयुष्मानलाई लिएर एक हरर फिल्म निर्माण गर्ने घोषणा गरेका छन् ।
फिल्ममा आयुष्मान एक भ्याम्पायरको भुमिकामा देखिने छन्, भने सामन्थाको राजकुमारीको भूमिका रहनेछ । रिपोर्टका अनुसार फिल्मको नाम ‘भ्याम्पायर अफ विजय नगर’ हो । फिल्म २०२४ को सुरुवातमा फ्लोरमा निस्कनेछ । फिल्म अमर कौशिकले निर्देशन गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण