शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने हवल्दारलाई लगियो प्रहरी हेडक्वार्टर

शनिबार, ०२ वैशाख २०८०, ०९ : ३१
शनिबार, ०२ वैशाख २०८०

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ । 

आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप