गुल्मीमा दुई पार्टीको साख जोगाएका दुई उमेदवार
गुल्मी– गुल्मी जिल्लाको स्थानीय निर्वाचनमा दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको साख जोगाइदिएका छन् ।
नेकपा माओवादी केन्द्रका भुपाल पोखरेलले धुर्कोट गाउँपालिका प्रमुखमा विजयी भएर सो पार्टीको साख जोगाए भने कालिगण्डकी गाउँपालिकामा उपप्रमुख पदमा विजयी भएर तारा थापाले राष्ट्रिय जनमोर्चाको साख जोगाइन् ।
१० वर्षे जनयुद्धको सुरुदेखि अन्तिम समय सम्म खटेका र शान्ति प्रकृयापछि गुल्मी जिल्ला पार्टीको सचिवालय भित्र रहेर विकास निर्माणमा सक्रिय देखाउँदै आएका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल सो पार्टीबाट गाउँपालिका प्रमुख जित्ने पहिलो उमेदवार हुन् । उनी सो पार्टीबाट लुम्विनी अञ्चलमै खाता खोल्ने पहिलो व्यक्ति हुन् ।
त्यस्तै, नेकपा एमालेसंग जिल्लाभर तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाबाट कालिगण्डकीकी तारा थापा सवै भन्दा ठुलो पद उपप्रमुख जित्ने उनी सो पार्टीको पहिलो र एक मात्र महिला हुन् ।
जनमोर्चासँग तालमेल गरे पनि एमालेका टिकाराम ढकाल पराजित भएका छन् भने नेपाली कांग्रेसका वेद थापामगर विजयी भएका छन् । थापाले ४२९८ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी ढकालले ३७७० मत ल्याएर पछाडि परेका थिए । उपप्रमुख तारा थापाले ३८५६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका ओमप्रसाद न्यौपानेले ३४११ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण