मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भट्टराईलाई मत दिन वाम लोकतान्त्रिक गठबन्धनको अपिल

शनिबार, ०२ वैशाख २०८०, १७ : २२
शनिबार, ०२ वैशाख २०८०

दमौली । वाम लोकतान्त्रिक गठबन्धनले तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन अपिल गरेको छ । वा गठबन्धनमा आबद्ध दलहरूको शनिवार बसेको बैठकले भट्टराई जिताउन अपिल गरेको हो । बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनुको विकल्प नभएको निष्कर्ष समेत निकालेको छ ।  

नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले , नेकपा माओवादी केन्द्रका ओमराज आले, नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्नेमा जोड दिइएको छ ।

सात दशकभन्दा लामो नेपाली जनताको सङ्घर्ष र बलिदानले स्थापित भएको वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा, स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् सङ्क्रमणकालीन न्याय लगायतका मुद्दालाई सम्बोधन गर्न भट्टराईलाई मत दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । वैशाख १० गते हुने उपनिर्वाचनमा सो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका भट्टराई उम्मेदवार रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप