तनहुँमा गोविन्दलाई जिताउन एकीकृत समाजवादीले खटायो किसान

काठमाडौँ । एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ । पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले जानकारी दिए ।
‘तनहुँको उपनिर्वाचनमा हाम्रो पार्टीले गठबन्धनका उम्मेदवार जिताउन मलाई खटाएको छ । म आइतबार निर्वाचन क्षेत्र पुग्दैछु’ श्रेष्ठले रातोपाटीसँग भने, ‘अब गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्रै फर्किन्छु ।’
स्मरणरहोस् श्रेष्ठको गृहजिल्ला पनि तनहुँ नै हो । यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर ०७९ मंसिरको निर्वाचनमा श्रेष्ठ बाराबाट निर्वाचित भएका थिए । तनहुँ १ मा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई हुन् भने एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले चुवावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण