तनहुँमा गोविन्दलाई जिताउन एकीकृत समाजवादीले खटायो किसान
काठमाडौँ । एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ । पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले जानकारी दिए ।
‘तनहुँको उपनिर्वाचनमा हाम्रो पार्टीले गठबन्धनका उम्मेदवार जिताउन मलाई खटाएको छ । म आइतबार निर्वाचन क्षेत्र पुग्दैछु’ श्रेष्ठले रातोपाटीसँग भने, ‘अब गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्रै फर्किन्छु ।’
स्मरणरहोस् श्रेष्ठको गृहजिल्ला पनि तनहुँ नै हो । यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर ०७९ मंसिरको निर्वाचनमा श्रेष्ठ बाराबाट निर्वाचित भएका थिए । तनहुँ १ मा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई हुन् भने एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले चुवावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण