मधेस प्रदेश सरकारको लागि जसपा र जनमतको आ-आफ्नो दाबी
काठमाडौँ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकार रहेको छ, तर उपनिर्वाचन पछि त्यहाँ विभिन्न दलहरूले आ-आफ्नो दाबी गरिरहेका छन् ।
कांग्रेस, जसपा, लोसपा र जसपाले सरकारको लागि दाबी गरिरहेका छन् । तर त्यसमध्ये जसपा र जनमत पार्टी आमुने सामुन्ने भएका छन् । वैशाख १० गतेका उपनिर्वाचन सम्पन्न भएपछि मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने दाबी सो पार्टीका अध्यक्ष सिके राउतले गर्दै आएका छन् ।
उनले त जनमतको नेतृत्वमा सरकार बन्ने तथा कांग्रेस र माओवादीसँग आफ्नो सहमति पनि भइसकेको दाबी गरेका छन् । उपनिर्वाचन सम्पन्न भएपछि जनमत वा कांग्रेसको नेतृत्वमा त्यहाँ सरकार बन्ने दाबी अध्यक्ष सिके राउतको रहेको छ, भने जसपाले त्यस्तो कुनै सहमति नभएको दाबी गरेको छ ।
जसपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उपनिर्वाचनपछि पनि मधेस प्रदेशमा जसपा नेतृत्वकै सरकार रहने दाबी गरे । उपनिर्वाचनपछि मधेस प्रदेशमा सरकार परिवर्तन हुन्छ भनी जनमत पार्टीका अध्यक्ष राउतले हावादारी गफ दिएको टिप्पणी गर्दै नेता यादवले भने, ‘पाँच दलीय गठबन्धनभित्र हामी छौँ र मधेसमा मुख्यमन्त्री हालै परिवर्तन गर्ने कुनै सहमति भएको छैन ।’
एमाले–माओवादी नेतृत्वको गठबन्धन हुँदा मधेस प्रदेशमा सरकार निर्माण भएको थियो । जसपा र जनमतले आलोपालो गरी सरकार बनाउने भनी पहिलो चरणमा जसपालाई नेतृत्व दिएको छ । तर अहिले गठबन्धन परिवर्तन भएको छ । जसपाले जनमतलाई आलोपालोमा सरकारको नेतृत्व दिन चाहेको छैन । उपनिर्वाचनपछि जनमत पार्टी सरकारबाट बाहिर निस्किने लगभग निश्चित छ । जसपाका नेता यादवले भनेका छन्, ‘चुनावपछि जनमत सरकारमा रहन्छ कि रहँदैन ठेगान छैन ।’
उता, नयाँ गठबन्धन अनुसार कांग्रेस र लोसपाले पनि मधेस प्रदेश सरकारको नेतृत्व गर्ने दाबी पनि गरेका छन् । उपनिर्वाचनमा कांग्रेस र लोसपाले सघाउने भएपछि सरकारको नेतृत्व पनि माग गरेका छन् । आलोपालो अनुसार कांग्रेस र लोसपाले पनि सरकारको नेतृत्व गर्ने पाउनुपर्ने भनेको छ । यो कुराको निर्णय उपनिर्वाचनपछि हुने जसपाका नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण