बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेस प्रदेश सरकारको लागि जसपा र जनमतको आ-आफ्नो दाबी

आइतबार, ०३ वैशाख २०८०, १२ : २६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकार रहेको छ, तर उपनिर्वाचन पछि त्यहाँ विभिन्न दलहरूले आ-आफ्नो दाबी गरिरहेका छन् ।

कांग्रेस, जसपा, लोसपा र जसपाले सरकारको लागि दाबी गरिरहेका छन् । तर त्यसमध्ये जसपा र जनमत पार्टी आमुने सामुन्ने भएका छन् । वैशाख १० गतेका उपनिर्वाचन सम्पन्न भएपछि मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने दाबी सो पार्टीका अध्यक्ष सिके राउतले गर्दै आएका छन् ।

उनले त जनमतको नेतृत्वमा सरकार बन्ने तथा कांग्रेस र माओवादीसँग आफ्नो सहमति पनि भइसकेको दाबी गरेका छन् । उपनिर्वाचन सम्पन्न भएपछि जनमत वा कांग्रेसको नेतृत्वमा त्यहाँ सरकार बन्ने दाबी अध्यक्ष सिके राउतको रहेको छ, भने जसपाले त्यस्तो कुनै सहमति नभएको दाबी गरेको छ ।

जसपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उपनिर्वाचनपछि पनि मधेस प्रदेशमा जसपा नेतृत्वकै सरकार रहने दाबी गरे । उपनिर्वाचनपछि मधेस प्रदेशमा सरकार परिवर्तन हुन्छ भनी जनमत पार्टीका अध्यक्ष राउतले हावादारी गफ दिएको टिप्पणी गर्दै नेता यादवले भने, ‘पाँच दलीय गठबन्धनभित्र हामी छौँ र मधेसमा मुख्यमन्त्री हालै परिवर्तन गर्ने कुनै सहमति भएको छैन ।’

एमाले–माओवादी नेतृत्वको गठबन्धन हुँदा मधेस प्रदेशमा सरकार निर्माण भएको थियो । जसपा र जनमतले आलोपालो गरी सरकार बनाउने भनी पहिलो चरणमा जसपालाई नेतृत्व दिएको छ । तर अहिले गठबन्धन परिवर्तन भएको छ । जसपाले जनमतलाई आलोपालोमा सरकारको नेतृत्व दिन चाहेको छैन । उपनिर्वाचनपछि जनमत पार्टी सरकारबाट बाहिर निस्किने लगभग निश्चित छ । जसपाका नेता यादवले भनेका छन्, ‘चुनावपछि जनमत सरकारमा रहन्छ कि रहँदैन ठेगान छैन ।’

उता, नयाँ गठबन्धन अनुसार कांग्रेस र लोसपाले पनि मधेस प्रदेश सरकारको नेतृत्व गर्ने दाबी पनि गरेका छन् । उपनिर्वाचनमा कांग्रेस र लोसपाले सघाउने भएपछि सरकारको नेतृत्व पनि माग गरेका छन् । आलोपालो अनुसार कांग्रेस र लोसपाले पनि सरकारको नेतृत्व गर्ने पाउनुपर्ने भनेको छ । यो कुराको निर्णय उपनिर्वाचनपछि हुने जसपाका नेताहरू बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप