मंसिर ८ मा लक्ष्मी र मुकुनको ‘बिच्छेद’
काठमाडौँ । सत्यराज चौलागाईं निर्देशित फिल्म ‘बिच्छेद’ आगामी ८ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एकपोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
पोस्टरमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल र लक्ष्मी बर्देवा देखिएका छन् । तर, उनीहरुको अनुहार देखाइएको छैन । डाँडामा बसेर सेता हिमाल हेर्दै गरेको अवस्थामा उनीहरु चित्रित छन् ।
राज पण्डित, डिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्यले मिलेर बनाएको फिल्म गाउँले परिवेशमा आधारित रहेको छ । फिल्ममा मुकुन र लक्ष्मीको अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायत कलाकारको अभिनय रहेको छ ।
प्रेमकथामा बनेको फिल्ममा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, एसडि योगी, सुरज थापा र आशिश महरको संगीत र सुरेन बसेल कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण