पौडेलसहित तीन नेतासँग भीम रावलको वार्ता
आइतबार, ०३ वैशाख २०८०, २० : ०६
काठमाडौँ । नेकपा एमालेको वार्ता टोली र नेता भीम रावलबीच छलफल भएको छ । एमालेले गठन गरेको वार्ता टोली र नेता रावलबीच आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा पहिलो पटक वार्ता भएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासँग नेता रावलको वार्ता भएको छ । आज खुलस्त वार्ता भएको र सकारात्मक वार्ताका लागि फेरि बस्ने सहमति भएको नेता रावलले जानकारी दिएका छन् ।
एमालेले रावलसँग वार्ता गर्न तीन सदस्सीय वार्ता टोली गठन गरेको लामो समयपछि उनीहरुबीच आइतबार पहिलो पटक छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण