पौडेलसहित तीन नेतासँग भीम रावलको वार्ता
आइतबार, ०३ वैशाख २०८०, २० : ०६

काठमाडौँ । नेकपा एमालेको वार्ता टोली र नेता भीम रावलबीच छलफल भएको छ । एमालेले गठन गरेको वार्ता टोली र नेता रावलबीच आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा पहिलो पटक वार्ता भएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासँग नेता रावलको वार्ता भएको छ । आज खुलस्त वार्ता भएको र सकारात्मक वार्ताका लागि फेरि बस्ने सहमति भएको नेता रावलले जानकारी दिएका छन् ।
एमालेले रावलसँग वार्ता गर्न तीन सदस्सीय वार्ता टोली गठन गरेको लामो समयपछि उनीहरुबीच आइतबार पहिलो पटक छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी