समाचार
धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द
आइतबार, ०३ वैशाख २०८०, २२ : ३०
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बन्द गरेको जनाएको छ ।
सडकको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ हुनाका साथै कुनै पनि समयमा दुर्घटना हुन सक्ने अवस्था रहेकाले रातारात उक्त सडक मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसमेतको सक्रियतामा तीव्ररूपमा सडक मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो समयमा धुलिखेलदेखि पाँचखालसम्मको सडकखण्डमा सम्पूर्ण सवारी साधन आवागमनमा पूर्णरूपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण