समाचार
धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द
आइतबार, ०३ वैशाख २०८०, २२ : ३०

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बन्द गरेको जनाएको छ ।
सडकको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ हुनाका साथै कुनै पनि समयमा दुर्घटना हुन सक्ने अवस्था रहेकाले रातारात उक्त सडक मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसमेतको सक्रियतामा तीव्ररूपमा सडक मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो समयमा धुलिखेलदेखि पाँचखालसम्मको सडकखण्डमा सम्पूर्ण सवारी साधन आवागमनमा पूर्णरूपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने