किन आए साउथ सुपरस्टार अजित कुमार नेपाल ?
मङ्गलबार, ०५ वैशाख २०८०, ११ : ३२
काठमाडौँ । साउथ सुपरस्टार अजित कुमार नेपाल आएका छन् । उनी सिलगुढी हुँदै बाइकमै नेपाल आएका हुन् । बाइकका सौखिन अजित आइतबार धनुषाको ढल्केबर र सोमबार झापाको सुरुङंगामा देखिएका थिए ।
उनी नेपालमा रहेको तस्बिर तथा केही भिडियो सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसमा उनी फ्यानबाट घेरिएका छन्, भने उनलाई केही क्यामराले फलो गरेको पनि देख्न सकिन्छ ।
केही सहयोगीका साथ उनी नेपालको मुस्ताङमा एक फिल्मको छायाङ्कनका लागि आएको बताइन्छ । उनी कुन फिल्मका लागि नेपाल आएको त्यसको आधिकारी जानकारी भने बाहिर आएको छैन ।
साउथ फिल्म क्षेत्रका हिट अभिनेता अजित कुमारको नेपालमा पनि राम्रो क्रेज छ । उनी बाइकका सौखिन छन् । बाइकमा विश्वका विभिन्न देश समेत उनले घुमिसकेका छन् । केही समय अगाडि उनी साथीहरूसँग बाइकमै थाइल्यान्ड पुगेका थिए ।
_FlpswGYwD1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण