चलचित्र विकास बोर्डको प्रवक्तामा केएल
मङ्गलबार, ०५ वैशाख २०८०, १२ : २५
काठमाडौँ । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका काम कारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार रुपमा जानकारी गराउने जिम्मेवारी सहित सोमबार बसेको बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि कला साहित्य संचार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण