अजित कुमारको सिरिज ‘मिराई’ को छायांकन काठमाडौँमा
मङ्गलबार, ०५ वैशाख २०८०, १८ : १३
काठमाडौँ । दक्षिण भारतीय(साउथ) सुपरस्टार अजित कुमारको सिरिज ‘मिराई’ को छायांकन काठमाडौँमा भइरहेको छ । ‘मिराई’ युनिट धनुषा र झापाको छायांकन पछि काठमाडौँमा आएको हो ।
काठमाडौँका विभिन्न क्षेत्रमा फिल्मको ४ दिन सुटिङ हुने निर्माण नियन्त्रक मनोज जोशीले बताए । सुटिङका लागि २२ जनाको टोली नेपाल आएका छन् । सिरिजमा अजितकुमार सहित अभिनेत्री म्याडीको पनि अभिनय रहनेछ ।
अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौँ आएका हुन् । साउथ फिल्म क्षेत्रका हिट अभिनेता अजित कुमारको नेपालमा पनि राम्रो क्रेज छ । उनी बाइकका सौखिन छन् । बाइकमा विश्वका विभिन्न देश समेत उनले घुमिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण