सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलमा नेपाली रेस्टुरेन्टमा आक्रमण भन्दै भ्रमपूर्ण प्रचार

मङ्गलबार, ०५ वैशाख २०८०, २० : ०२
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । पोर्चुगलमा नेपाली रेस्टुरेन्टमा आक्रमण भएको भन्दै भ्रमणपूर्ण प्रचार भएको पाइएको छ । फरक सन्दर्भमा भएको विषयलाई टिकटकलगायत सामाजिक सञ्लालमा अतिरञ्जनापूर्ण तरिकाले प्रचार भएको पाइएको हो । 

गत अप्रिल ३ गते महँगीविरुद्ध स्थानीय संघसंस्थाहरुले गरेको प्रदर्शनका क्रममा भएको धकेलाधकेल र तनावपूर्ण अवस्थालाई नेपाली रेस्टुरेन्टमाथि आक्रमण भएको भनेर प्रचार भएको पाइएको गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार लिस्बनस्थित मार्तीमुनिज भन्ने स्थानमा नेपाली रेस्टुरेन्टहरु रहेको र सो स्थानमा पोर्चुगल स्थानीय संघसंस्थाहरुले गरेको प्रदर्शनलाई नेपाली रेस्टुरेन्टसँग जोडेर प्रचार भएको पाइएको हो । 

घटना पुरानो भएपनि यसबारे हल्ला फैलिएपछि एनआरएनएले सत्यतथ्य बुझ्दा नेपाली रेस्टुरेन्टमाथि कुनै आक्रमण नभएको पुष्टि भएको थापाको भनाइ छ । भिडियोमा नेपाली रेस्टुरेन्टको बोर्ड देखिएकै आधारमा विषयलाई अतिरञ्जित गरिएको गुनासो व्यवसायीहरुले पनि गरेका छन् । 

पोर्चुगलमै रहेका नेपाली समुदायका  केही व्यक्तिले टिकटकमा भ्रमपूर्ण पोस्ट गरेपछि नेपालसम्म यो विषय भाइरल बनेको बताइएको छ । थापाले घटना भएको भनिएको स्थान वरपर दर्जनौँ नेपाली रेस्टुरेन्ट रहेको भने साँचो भएको बताए । ती रेस्टुरेन्टहरु निर्बाध रूपमा पोर्चुगल कानुनअनुसार सञ्चालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप