पोर्चुगलमा नेपाली रेस्टुरेन्टमा आक्रमण भन्दै भ्रमपूर्ण प्रचार
काठमाडौँ । पोर्चुगलमा नेपाली रेस्टुरेन्टमा आक्रमण भएको भन्दै भ्रमणपूर्ण प्रचार भएको पाइएको छ । फरक सन्दर्भमा भएको विषयलाई टिकटकलगायत सामाजिक सञ्लालमा अतिरञ्जनापूर्ण तरिकाले प्रचार भएको पाइएको हो ।
गत अप्रिल ३ गते महँगीविरुद्ध स्थानीय संघसंस्थाहरुले गरेको प्रदर्शनका क्रममा भएको धकेलाधकेल र तनावपूर्ण अवस्थालाई नेपाली रेस्टुरेन्टमाथि आक्रमण भएको भनेर प्रचार भएको पाइएको गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार लिस्बनस्थित मार्तीमुनिज भन्ने स्थानमा नेपाली रेस्टुरेन्टहरु रहेको र सो स्थानमा पोर्चुगल स्थानीय संघसंस्थाहरुले गरेको प्रदर्शनलाई नेपाली रेस्टुरेन्टसँग जोडेर प्रचार भएको पाइएको हो ।
घटना पुरानो भएपनि यसबारे हल्ला फैलिएपछि एनआरएनएले सत्यतथ्य बुझ्दा नेपाली रेस्टुरेन्टमाथि कुनै आक्रमण नभएको पुष्टि भएको थापाको भनाइ छ । भिडियोमा नेपाली रेस्टुरेन्टको बोर्ड देखिएकै आधारमा विषयलाई अतिरञ्जित गरिएको गुनासो व्यवसायीहरुले पनि गरेका छन् ।
पोर्चुगलमै रहेका नेपाली समुदायका केही व्यक्तिले टिकटकमा भ्रमपूर्ण पोस्ट गरेपछि नेपालसम्म यो विषय भाइरल बनेको बताइएको छ । थापाले घटना भएको भनिएको स्थान वरपर दर्जनौँ नेपाली रेस्टुरेन्ट रहेको भने साँचो भएको बताए । ती रेस्टुरेन्टहरु निर्बाध रूपमा पोर्चुगल कानुनअनुसार सञ्चालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण