आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न

बुधबार, ०६ वैशाख २०८०, २२ : ०४
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । विकाश उन्मुख देशहरुको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स ईन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ । यसैक्रममा एनएमबि बैंकले The Currency Exchange Fund (TCX), Amsterdam  र MFX Currency Risk Solutions, Washington सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम नेपालकै पहिलो हेजिङ्ग कारोवार गरेको छ । नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण TCX  ले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि MFX ले सहजकर्ताको भूमिका निर्वाह गरेको बैंकले जनाएको छ ।  सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकामा बैंकले TCX र MFX प्रति आभार प्रकट गरेको छ ।

यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको विज्ञप्तिमा उल्लेख छ । ‘यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देशभरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागि मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ’, विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप