कर्णालीमा कांग्रेसबाट सिफारिस मन्त्रीको शपथ आज
सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसले सिफारिस गरेका मन्त्रीको शपथ आज हुने भएको छ । आज दिउँसाे १२:३० मा मन्त्रीहरुले शपथ लिने भएका छन् । यसअघि बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन ।
कांग्रेसबाट जाजरकोटका बेदराज सिंह, सुर्खेतका खड्गबहादुर पोखरेल र दैलेखका कृष्णकुमार बिसीको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले दाबी गरिरहेका थिए ।
मङ्गलवार कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेका थिए ।
स्रोतका अनुसार पार्टीभित्र सिनियर नेता शाहलाई बेवास्ता गरी शाहीले सिंहलाई सिफारिस गरेका थिए । त्यो कुरा शाह पक्षले पार्टी केन्द्रलाई राखेपछि केन्द्रबाट नै दबाब आएकाले मुख्यमन्त्री शर्माले अहिलेसम्म शपथ कार्यक्रम प्रभावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण