आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीमा कांग्रेसबाट सिफारिस मन्त्रीको शपथ आज

बिहीबार, ०७ वैशाख २०८०, १० : १५
बिहीबार, ०७ वैशाख २०८०

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसले सिफारिस गरेका मन्त्रीको शपथ आज हुने भएको छ ।  आज दिउँसाे १२:३० मा मन्त्रीहरुले शपथ लिने भएका छन् । यसअघि बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन । 

कांग्रेसबाट जाजरकोटका बेदराज सिंह, सुर्खेतका खड्गबहादुर पोखरेल र दैलेखका कृष्णकुमार बिसीको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले दाबी गरिरहेका थिए । 

मङ्गलवार कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेका थिए ।

स्रोतका अनुसार पार्टीभित्र सिनियर नेता शाहलाई बेवास्ता गरी शाहीले सिंहलाई सिफारिस गरेका थिए । त्यो कुरा शाह पक्षले पार्टी केन्द्रलाई राखेपछि केन्द्रबाट नै दबाब आएकाले मुख्यमन्त्री शर्माले अहिलेसम्म शपथ कार्यक्रम प्रभावित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप