सरकारले वैशाखभरि खोप अभियान चलाउने, नियमित खोप लगाउन छुटेकालाई १५ र ३१ गते दिने
काठमाडौँ । सरकारले वैशाखलाई खोप महिनाको रूपमा मनाउने भएको छ । सरकारले ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताहको अवसरमा महिनाभरि खोप अभियान चलाउने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अभियान अन्तर्गत वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप दिइने भएको छ ।
सरकारले दिने खोप
–जन्मिने बित्तिकै वि.सि.जि
–६ हप्ता रोटा पोलियो, पि,सि.भी, डि.पि.टी,हेप बी हीब
–१० हप्तामा रोटा पोलियो,पि.सि.भी.,,डि.पि.टी, डि.पि.टी हिव,
–१४ हप्तामा पोलियो एफ.आई.पि.भी,डि.पि.टी, हेप.बी.हिप
–५ महिनामा एफ.आई.पि.भी, पि.सि.भी, दादुरा र रुबेला,
१२ महिनामा जापानिज इन्सेफाइटिस
–१५ महिना दादुरा बेला टाइफाइड
खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकालाई नियमित खोप लगाउन महाशाखाले आग्रह गरेको छ ।
साथै छर छिमेकमा खोप लगाउन छुटेकालाई पनि समन्वय गरी लगाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण