आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले वैशाखभरि खोप अभियान चलाउने, नियमित खोप लगाउन छुटेकालाई १५ र ३१ गते दिने

बिहीबार, ०७ वैशाख २०८०, १६ : ३९
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । सरकारले वैशाखलाई खोप महिनाको रूपमा मनाउने भएको छ । सरकारले ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताहको अवसरमा महिनाभरि खोप अभियान चलाउने भएको हो । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अभियान अन्तर्गत वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप दिइने भएको छ । 

सरकारले दिने खोप  

–जन्मिने बित्तिकै वि.सि.जि

–६ हप्ता रोटा पोलियो, पि,सि.भी, डि.पि.टी,हेप बी हीब

–१० हप्तामा रोटा पोलियो,पि.सि.भी.,,डि.पि.टी, डि.पि.टी हिव,

–१४ हप्तामा पोलियो एफ.आई.पि.भी,डि.पि.टी, हेप.बी.हिप

–५ महिनामा एफ.आई.पि.भी, पि.सि.भी, दादुरा र रुबेला,

१२ महिनामा जापानिज इन्सेफाइटिस

–१५ महिना दादुरा बेला टाइफाइड

खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकालाई नियमित खोप लगाउन महाशाखाले आग्रह गरेको छ । 

साथै छर छिमेकमा  खोप लगाउन छुटेकालाई पनि समन्वय गरी लगाउन आग्रह गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप