सुडान झडप : तीन सयभन्दा बढीको मृत्यु
खार्तूम । सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ ।
सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व गर्दै आएका मोहम्मद हमदान डग्लोप्रति वफादार सेनाबीच शनिबार भएको झडप र त्यसपछिका आक्रमण र प्रत्याक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
करिब ५० लाख मानिसको बसोबास रहेको राजधानी खार्तूममा केही भीषण युद्धहरू भएका छन् । जसका कारण अधिकांश मानिस बिजुली, खाना र पानीबिना नै आ–आफ्नो घरभित्र रहन बाध्य पारिएका छन् ।
दक्षिणी खार्तूमका ३८ वर्षीय नाजेक अब्दाल्लाले भने, “लडाकू विमान र अन्य हवाई तथा स्थल आक्रमणका कारण हामी आज बिहान पनि ४ः३० बजे ब्यूँझेका थियौँ । हाम्रो भवनमा गोली नलागोस् भनेर हामीले ढोका र झ्यालमा ताल्चा लगायौँ ।”
राजधानीको खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल र सेनाको मुख्यालय वरपरका भवनहरूबाट बाक्लो कालो धुवाँको मुस्लो उठेको र गोली चलेको आवाज सुनिएको र युद्धविराम भएको छैटौँ दिन पनि झडप भएको अधिकारीहरूले बताएका छन् ।
डार्फरमा वर्षौंदेखि चरम हिंसाको नेतृत्व गरेको जन्जावीद लडाकु समूहका सदस्यहरूबाट गठित शक्तिशाली बल आरएसएफले बुधबार साँझदेखि सेनाले जस्तै २४ घण्टाका लागि पूर्ण युद्धविरामका लागि पूर्ण रूपमा प्रतिबद्ध रहने बताएको थियो ।
तर प्रत्यक्षदर्शीका अनुसार खार्तूममा गोली चल्न नरोकिएकोले दोस्रो पटक युद्धविराम सुरु भएको केही मिनेटमै अर्को युद्धविराम उल्लङ्घन भएको थियो ।
खार्तूमबाहेक उत्तरी कोर्डोफान राज्यको ओबेद सहरमा पनि ठूलो विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण