बसको ठक्करबाट एकजनाको मृत्यु
शुक्रबार, ०८ वैशाख २०८०, १९ : ११
रुपन्देही । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको बसको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी पाल्पाको बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार दिउँसो तिनाउ गाउँपालिका– ३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ४८४७ नम्बरको बसले सोही दिशामा गुडिरहेको लु७७प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते भएका न्यौपानेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण