कम्युनिस्ट पार्टी स्थापना दिवस : कुन दलले कसरी मनाउँदैछन् ?

काठमाडौँ । भोलि नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं वर्ष पुग्दैछ । हरेक अप्रिल २२ अर्थात् लेनिन जयन्तीका दिन नेपालका कम्युनिस्टहरुले धुमधामका साथ स्थापना दिवस मनाउने गरेका छन् ।
शनिबार नेकपा एमालेले कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अतिथ्यमा विशेष कार्यक्रम आयोजना हुने भएको हो ।
यस्तै सत्ताधारी नेकपा माओवादी केन्द्रले औपचारिक कार्यक्रम नराखेको नेता डोरप्रसाद उपाध्यायले बताए । सरकारमा सहभागी भएकाले यस पटक औपचारिक कार्यक्रम नराखेको हुन सक्ने आकलन गरिएको छ । यसअघिका वर्षमा भने कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा माओवादी केन्द्रले पनि कार्यक्रम गर्ने गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’बाट कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा विज्ञप्ति आउन सक्ने बताइएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले शनिबार कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा प्रदेशस्तरमा कार्यक्रम गर्ने नेता प्रकाश खतिवडाले बताए । पार्टीका शीर्ष नेताहरुलाई प्रदेशमा जिम्मेवारी दिएर भव्य कार्यक्रम आयोजना गरिएको खतिवडाले बताए ।
आइतबार एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डसहित पार्टीका शीर्ष नेताहरु राखेर कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउने तयारी गरेको छ ।
यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु बोलाएर आमसभा गर्ने तयारी गरेको छ । काठमाडौँको खुलामञ्चमा विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु बोलाएर कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा छलफल आयोजना गरिने सो पार्टीले जनाएको हो ।
यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले केन्द्रीयस्तरमा कुनै कार्यक्रम आयोजना नगरेको नेता हरिकृष्ण गजुरेलले बताए । पार्टीको आ–आफ्नो अनुकूलतामा सबै कमिटी र जनवर्गीय संगठनले कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम गरिने गजुरेलले बताए । आफूहरु वैशाख १८ गते धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीसँग पार्टी एकता प्रक्रियामा लागेकाले कम्युनिस्ट पार्टी स्थापना दिवस विशेष रुपमा मनाउन नसकिएको उनको भनाइ छ ।
अरु संसदभित्र भएका र बाहिर भएका कम्युनिस्ट पार्टीहरुले आ–आफ्नो अनुकूलतामा स्थापना दिवस मनाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ