बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

मासिक रकम नबुझाउने प्रयोगकर्ताको ‘ब्लूटिक’ खोस्दै ट्वीटर, रोनाल्डोको पनि खोसियो

शनिबार, ०९ वैशाख २०८०, १० : ३६
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । अमेरिकी लगानीकर्ताको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्वीटरले एकैपटक हजारौं मानिसहरुको ब्लूटिक हटाएको छ । ट्वीटरलाई टेस्लाका मालिक एलन मस्कले किनेपछि मासिक निश्चित रकम तिरेपछि मात्रै ब्लूटिक पाउने व्यवस्था गरेका थिए । यो व्यवस्थाअनुसार आफ्नो ब्लूटिक जोगाउन भेरिफाइड एकाउन्ट धनीहरुले वार्षिक ८४ अमेरिकी डलर तिर्नुपर्ने थियो । अन्यथा, मस्कले बारम्बार ट्वीटरको ब्लूटिक हट्ने बताइरहेका थिए । आफ्नो पूर्व चेतावनीअनुसार वार्षिक वा मासिक ट्वीटरलाई पैसा नतिर्ने प्रयोगकर्ताको ब्लूटिक हटिरहेको छ ।

यो सूचीमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो समेत सामेल भएका छन् । ट्वीटरले रोनाल्डोको ब्लूटिक समेत हटाइदिएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । रोनाल्डोको ट्वीटर एकाउन्टमा १०८ मिलियन फलोअर्स छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप