दस हाइकु
१
अधुरै स्वप्न
तिलचाम्ले कपाल
विदेशी ठाउँ ।
२
सम्झियो घर
सक्दैन उडाउन
मनको पङ्ख ।
३
कल्पेर बस्यो
प्रेयसीको सम्झना
बगेछ आँसु ।
४
ऋणको भारी
खाडी लोकको राप
श्रमको कैद ।
५
उडेको धुँवा
सरकारी मोटर
खाडीको स्वाद ।
६
वरदान हो
सामाजिक संजाल
टाढाको भेट ।
७
तातो फलाम
तान्न त मन छैन
पुग्दैन खान ।
८
पराई देश
बस्न त मन छैन
डाक्ने कसले ?
९
चलि रहेछ
खाडीको पसिनामा
नेताको भोज ।
१०
देशको अर्थ
धानेको छ खाडी
मन्त्रीको फुर्ती ?
पोखरा–७ मासबार,
कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण