चुनावी माहोल राम्रो छ : गोविन्द भट्टराई
काठमाडौँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले चुनाव जित्ने दाबी गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले चुनावी माहोल राम्रो भएको बताउँदै चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘तनहुँका जनता लोकतन्त्रको पक्षमा भएकाले जित निश्चित छ। हिजो पनि जनताकै बीचमा थिएँ, अहिले पनि छु। भोलि पनि जनताबीचमै रहनेलाई जनताले पत्याउँछ्न्।’
संसद कानुन बनाउने थलो भएकाले मतदाताले राम्रा मान्छेलाई पहिचान गरेर मतदान गर्नुपर्ने उनको भनाइ छ । ‘निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ । यो लोकतन्त्रवादीको किल्ला हो र हामीले उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौँ। त्यसैले जनमत हाम्रो पक्षमा छौं,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा पोलटिकल स्टन्ट गरेको भट्टराईको आरोप छ । ‘पुराना गाडी ल्याएर आफैंले ढुंगा हानेर फुटालेर पोलटिकल स्टन्ट गरेकोे देखिहाल्नु भयो,’ भट्टराईले रास्वपाप्रति लक्षित गर्दै भने, ‘राजनीति लामो यात्रा हो,समयको पर्खामा सबै मानिसहरु निखारिँदै जानुपर्छ ।’ मौन अवधिमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बाबु चढ्ने गाडी तोडफोड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण