प्राधिकरणले स्वीकार्यो लोडसेडिङ, भन्यो– हिउँ र पानी नपर्दा बिजुलीको उत्पादन घटेर समस्या पर्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएका छन् । देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन् ।
घिसिङले यसपटकको सुख्खा याममा हिउँ नपर्दा हिउँ पग्लिनुपर्ने समय सुख्खा याममा परिणत भएको बताए । पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्च मात्रामा हिउँ पर्नुपर्ने हो । तर, उक्त समयमा हिउँ नपर्दा यति बेला हिउँ पग्लेर नदिको तह बढ्नुपर्ने समयमा बिजुलीको उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै पानी पर्नुपर्नेमा पानी समेत नपरेपछि वीरगन्ज र बिराटरनगर लगायतका क्षेत्रमा सञ्चालित उद्योगमा लोडसेडिङ भएको घिसिङले बताए । ‘अहिले विराटनगर र वीरगन्ज क्षेत्रका उद्योगीलाई बिहान र बेलुकाको समयमा मात्र चलाउनु भनेको हो,’ घिसिङले भने, ‘तर गत वर्षको तुलनामा अहिले कम समस्या छ ।’ गत वर्ष भारतबाट बिजुली ल्याउने संयन्त्र कमजोर हुँदा थप समस्या आएको थियो ।
घिसिङले अबको १५ दिन नेपालको माग धान्न मुस्किल परेको बताए । उनले भने, ‘अबको १५ दिनपछि प्रि मनसुन सुरु हुन्छ । तराईमा सिँचाइ गर्न पर्दैन । यस्तै नदी नालाको पानीको बहाव समेत बढ्छ ।’ यहिकारण अबको १५ दिनपछि निर्यात कसरी गर्ने भन्नेमा प्राधिकरण चिन्तित रहेको घिसिङको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सँग हारको बदला लिएको नेपालको फाइनल पुग्ने सम्भावना बलियो
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार