प्राधिकरणले स्वीकार्यो लोडसेडिङ, भन्यो– हिउँ र पानी नपर्दा बिजुलीको उत्पादन घटेर समस्या पर्यो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएका छन् । देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन् ।
घिसिङले यसपटकको सुख्खा याममा हिउँ नपर्दा हिउँ पग्लिनुपर्ने समय सुख्खा याममा परिणत भएको बताए । पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्च मात्रामा हिउँ पर्नुपर्ने हो । तर, उक्त समयमा हिउँ नपर्दा यति बेला हिउँ पग्लेर नदिको तह बढ्नुपर्ने समयमा बिजुलीको उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै पानी पर्नुपर्नेमा पानी समेत नपरेपछि वीरगन्ज र बिराटरनगर लगायतका क्षेत्रमा सञ्चालित उद्योगमा लोडसेडिङ भएको घिसिङले बताए । ‘अहिले विराटनगर र वीरगन्ज क्षेत्रका उद्योगीलाई बिहान र बेलुकाको समयमा मात्र चलाउनु भनेको हो,’ घिसिङले भने, ‘तर गत वर्षको तुलनामा अहिले कम समस्या छ ।’ गत वर्ष भारतबाट बिजुली ल्याउने संयन्त्र कमजोर हुँदा थप समस्या आएको थियो ।
घिसिङले अबको १५ दिन नेपालको माग धान्न मुस्किल परेको बताए । उनले भने, ‘अबको १५ दिनपछि प्रि मनसुन सुरु हुन्छ । तराईमा सिँचाइ गर्न पर्दैन । यस्तै नदी नालाको पानीको बहाव समेत बढ्छ ।’ यहिकारण अबको १५ दिनपछि निर्यात कसरी गर्ने भन्नेमा प्राधिकरण चिन्तित रहेको घिसिङको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण