शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्ला खाद्यान्न मौज्दात न्यून

आइतबार, १० वैशाख २०८०, १६ : ३८
आइतबार, १० वैशाख २०८०

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । 

चालु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र  पैदलमार्गबाट ढुवानीको जिम्मा पाएका आपूर्तीकर्ताले समयमै खाद्यान्न ढुवानी नगर्दा मौज्दात न्यून भएको हो । 

हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले हाल गोदाममा खाद्यान्न मौज्दात न्यून रहेका कारण बिक्री गर्न समस्या भएको बताए । नेपालगञ्जबाट हवाईमार्ग हुँदै ढुवानी भएर आउनुपर्ने चार हजार क्विन्टल खाद्यान्नमध्ये हालसम्म तीन हजार ५७९ दशमलव ८० क्विन्टल मात्र ढुवानी भएको छ । 

सुर्खेतबाट छ हजार क्विन्टलमा पाँच हजार १४३ दशमलव ४० क्विन्टल ढुवानी भएको छ । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा नेपालगञ्जबाट ४२० दशमलव २० क्विन्टल र सुर्खेतबाट ८५६ दशमलव ६० क्विन्टल खाद्यान्न ढुवानी हुन बाँकी छ । उनले निजी विमान कम्पनीले समयमै खाद्यान्न ढुवानीको काम नगर्दा जिल्लामा समस्या भएको बताउनुभयो । 

त्यसैगरी शाखाकै लागि पैदलमार्गबाट राजापुरबाट एक हजार क्विन्टलमा हालसम्म ५०१ क्विन्टल सुर्खेतबाट एक हजार क्विन्टलमा ५०७ दशमलव ६० क्विन्टल, नेपालगञ्जबाट एक हजार क्विन्टलमा ३६० दशमलव ६० क्विन्टल र धनगढीबाट एक हजार क्विन्टलमध्ये ३५२ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको छ । 

पैदलमार्गबाट चार हजार क्विन्टल खाद्यान्नमध्ये चैत महिनासम्म एक हजार ६२१ दशमलव दुई क्विन्टल मात्र ढुवानी भएको छ । अझै पैदलमार्गबाट दुई हजार २७८ दशमलव ८० क्विन्टल ढुवानी हुन बाँकी रहेको छ । ढुवानी गर्न बाँकी रहेको खाद्यान्न ढुवानीका लागि शाखाले पत्र काटेर ताकेता गर्दा ढुवानी हुन नसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप