ज्योति विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ स्थित जहरसिंपौवामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो क्रममा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सञ्चालन गरियो ।स्वास्थ्य शिशिवमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।
कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरु, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण