मन्त्री मोदी स्वदेश फिर्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।
मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन् । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए ।
मन्त्री मोदीले थारु समुदायमा भयावह रुप लिएको सिकलेस एनिमियाको विषयलाई प्राथमिकताका साथ सत्रमा उठाएका थिए । झण्डै डेढ साताको भ्रमणका क्रममा मन्त्री मोदीले संयुक्त राज्य अमेरिकास्थित विभिन्न क्षेत्रको अवलोकन समेत गरेका थिए ।
सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल भएको जनाएको छ । सत्र २८ अप्रिलसम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण