अत्तरियामा होटलमा एक जना मृत फेला

धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
अत्तरियाको पहाड रोड बसपार्क अगाडिको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० वर्षीय मोहन सिंह मृत अवस्थामा फेला परेका हुन् ।
उनी उक्त होटलमा वैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा वैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए ।
चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?