अत्तरियामा होटलमा एक जना मृत फेला
धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
अत्तरियाको पहाड रोड बसपार्क अगाडिको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० वर्षीय मोहन सिंह मृत अवस्थामा फेला परेका हुन् ।
उनी उक्त होटलमा वैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा वैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए ।
चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण