भौतिक पूर्वाधार मन्त्रालयको ५४ अर्ब रुपैयाँले बजेट घट्ने
मङ्गलबार, १२ वैशाख २०८०, १५ : ००
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ५४ अर्ब रुपैयाँले घट्ने भएको छ। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले मंगलबार पत्रकारहरूसँगको भेटमा उक्त कुरा बताएका हुन्।
आगामी वर्षको बजेटमा मन्त्रालयको बजेट सिलिङ १ खर्ब १३ अर्ब रुपैयाँ मात्र रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्बको बजेट पाएकोमा आगामी वर्षको बजेट भने ५४ अर्बले घटाइने उनले बताए।
त्यसै गरी मन्त्रीले सवारी लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी भइरहेको बताए । सर्वसाधारणहरूले धेरै समस्या भोगेकाले ५ वर्षको अवधिलाई बढाएर १० वर्ष बनाउने तयारी गरेको उनको भनाई थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण