अख्तियार विधेयकमा सांसद शर्माले दर्ता गराए संशोधन प्रस्ताव
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले उद्योग, व्यवसाय लगायत सबै निजी क्षेत्रको अनुगमन गर्ने बेग्ला–वेग्लै निकाय रहेकाले निजी क्षेत्रमा अख्तियार आउन आवश्यक नरहेको भन्दै अख्तियार विधेयकमा संशोधन प्रस्ताव गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको (तेस्रो संशोधन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सांसद शर्माले यस्तो संशोधन प्रस्ताव राखेका हुन् ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११३ मा उल्लेखित सर्तको अधीनमा रही नियम ११२ बमोजिम विधेयकमा संशोधनका लागि सांसद शर्माले संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । ‘बैंकको अनुगमन गर्ने राष्ट्र बैंक छ, करको क्षेत्र हेर्ने कार कार्यालयहरु छन्, सबै क्षेत्रको अनुगमन गर्ने आ–आफ्नै निकाय छन्,’ सांसद शर्मा भन्छन्, ‘निजी क्षेत्रमा अख्तियार आउनु भनेको उल्टै घुसको चलखेल बढ्नु हो, निजी क्षेत्रमा अख्तियार आउनु आवश्यक छैन ।’
सांसद शर्माले अख्तियारमा उजुरी दिने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने कानुन निर्माण गर्न पनि प्रस्ताव गरेका छन् । ‘उजुरी गर्ने व्यक्तिले आफ्नो परिचय खुल्ने प्रमाण साथै पेश गर्नुपर्नेछ’ भन्ने शब्द ऐनमा थप गर्न सांसद शर्माको प्रस्ताव छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा बेनामी उजुरी दर्ता गरेर दुख दिने गरेको गुनासो बढिरहेका बेला सांसद शर्माले उजुरी कर्ताको नाम खुलाउनुपर्नेसहित आठ वटा संशोधन प्रस्ताव पेश गरेका हुन् । विधेयकको एउटा दफा र दुई वटा उपदफा हटाउनसहित केही वाक्यांश संशोधन गर्न सांसद शर्माले प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण