मधेस प्रदेशका सबै पालिकामा माटो परीक्षण हुने
सर्लाही । मधेश प्रदेशका सम्पूर्ण पालिकामा माटो परीक्षण हुने भएको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको टेक्निकल टिमले मधेश प्रदेशका सम्पूर्ण १३६ पालिकामा घुम्ती प्रयोगशालामार्फत परीक्षण गरिने मन्त्री वसन्त कुशवाहाले बताए । हरेक पालिकामा तीन दिनसम्म पालिकाका विभिन्न ठाउँको माटो परीक्षण गर्ने बताउँदै उनले यस परीक्षणपश्चात् माटोको आवश्यकताअनुसार कुन कुन मलखाद्द कति कति मात्रामा प्रयोग गर्ने त्यसको जानकारी किसानहरुलाई समेत दिइने बताए ।
यो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकोले नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरुलाई जानकारी समेत पठाइ सकिएको उनले बताए । तराई मधेश किसानले माटोको बिना परीक्षण नै बाली लगाउनुको साथै मलको प्रयोग गर्ने गरेका छन् । जथाभावी मल तथा विषादी प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भएको छ । यसखालको परीक्षणले माटोको पहिचान तथा बाली, मल, बीउ प्रयोगको जानकारी दिइने बताउँदै मन्त्री कुशवाहाले कृषि उत्पादनमा वृद्धि गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण