रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
बुधबार, १३ वैशाख २०८०, १६ : ४४
रौतहट । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कटहरिया नगरपालिका ९ दुमरिया गाउँका बिसा पासवानको १५ वर्षीय छोरा चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको हो। बुधवार दिउसो आफ्नै खेतमा विद्युत मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर अचेत भएका चन्दनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक महतोले बताए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण