संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन सांसद मनोनीत
काठमाडौँ । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन जना सांसद मनोनीत भएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझीलाई उक्त समितिमा मनोनीत गर्ने सहमति दिएको हो ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका थिए । अध्यक्ष तिमिल्सिनाले गरेको मनोनयन सिफारिस प्रस्तावलाई राष्ट्रियसभाले सहमति दिएको हो ।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ ।
समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रियसभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रियसभाका तीन जना गरी कूल १५ जना सदस्य रहने व्यवस्था छ । समितिको सभापति सदस्यमध्येबाट एक जना चयन हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण