महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण गरेको छ ।
बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू र बैंकका तर्फबाट बजार निक्षेपिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सी तथा बाग्मती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण