वडाध्यक्षद्वारा उपसचिवमाथि मुक्का प्रहार !
बुधबार, १३ वैशाख २०८०, २० : ४३
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडिओमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार गरेका छन् । कानुनी राज्यमा वडाध्यक्षले नै यसरी मुक्का प्रहार गरेको भन्दै उनको आलोचना समेत भएको छ ।
केही समयअघि उपसचि कार्कीले सोही ठाउँमा वडाध्यक्षलाई धकलेको भिडिओ पनि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण