सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षद्वारा उपसचिवमाथि मुक्का प्रहार !

बुधबार, १३ वैशाख २०८०, २० : ४३
बुधबार, १३ वैशाख २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
 
भिडिओमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार गरेका छन् । कानुनी राज्यमा वडाध्यक्षले नै यसरी मुक्का प्रहार गरेको भन्दै उनको आलोचना समेत भएको छ । 

केही समयअघि उपसचि कार्कीले सोही ठाउँमा वडाध्यक्षलाई धकलेको भिडिओ पनि आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप