अर्जेन्टिनाको घोषणा : चिनियाँ आयातकाे भुक्तानी अब डलरमा होइन, युआनमा हुनेछ
अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अर्जेन्टिनाले देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो ।
एजेन्सीका अनुसार सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब एक अर्ब डलर युआनमा भुक्तान गर्ने लक्ष्य राखेको छ । यो भुक्तानी पछि, करिब ७९ करोड डलर मासिक आयात पनि चीनलाई युआनमा गरिनेछ ।
चिनियाँ राजदूत जू शियाओलीसँग बैठकपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मस्साले यो निर्णयको पछाडिको कारण डलरको अभावलाई हटाउनु भएको बताए ।
अर्जेन्टिनामा खडेरीका कारण कृषिजन्य वस्तुको निर्यातमा तीव्र गिरावट आएका कारण यसको डलर सञ्चिति कमजोर भएका बेला यो निर्णय गरिएको हो ।
गत वर्ष नोभेम्बरमा, अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय सञ्चिति बढाउन चीनसँग ५ अर्ब डलर साटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण