जुम्लामा खानेपानीको समस्या
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् ।
स्थानीयवासी मीनबहादुर शाहीले गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी ल्याइए पनि पर्याप्त नभएको बताए । “अझै खोलाकै पानीको भरमा छौँ”, उनले भने, “बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि यही प्रयोग गर्दैछौँ ।” बाइराँका गाउँमा पानी पुर्याउने विषय हरेक चुनावमा प्रमुख मुद्दा बन्ने गरेको उनको भनाइ छ ।
पछिल्लो समय धौलीगाड खानेपानी आयोजना बन्ने विषय चर्चामा छ । यसबाट स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाइ छ । पानीले काकाकूल बाँइराका स्थानीय अहिले तिलाको पानीको सहारामा बाँचिरहेका छन् । स्थानीय छुमकली सार्कीले भने, “यहाँ पानी पुर्याउन सांसददेखि वडाध्यक्षले आश्वासन धेरै दिए, पानी दिएनन् ।”
खानेपानी नहुँदा बाँइराका गाउँका झण्डै एक सय २० परिवार नदीको दूषित पानी पिउन बाध्य छन् । धौलीगाड खानेपानी आयोजना समयमै सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकामा सौर्य ऊर्जाबाट लिफ्टमार्फत पानी गाउँमा पुर्याइएको हो । धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ ।
सो आयोजनाको लागत रु एक अर्ब २६ करोड रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका तीन वडा र तातोपानीका ६ वडाका आठ हजार छ सय ९५ परिवार आयोजनाबाट लाभान्वित हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण