बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

एसईईमा नक्कली प्रशिक्षार्थी प्रकरण : कन्सलटेन्सी सञ्चालक र परीक्षार्थीलाई धरौटीमा छाड्न आदेश

बिहीबार, १४ वैशाख २०८०, १९ : १३
बिहीबार, १४ वैशाख २०८०

विराटनगर । एसईई परीक्षामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई धरौटीमा छाडन अदालतले आदेश दिएको छ । उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटीमा र नाबलकहरुको हकमा भने अभिभावलाई जिम्मा लगाउन मोरङ अदालतले बिहीबार आदेश दिएको हो ।

मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजलासले पक्राउ परेका कन्सलटेन्सी सञ्चालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरूलाई जनही ४० हजार रुपैयाँ र नाबालक २८ जनालाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको तीन वटा परीक्षा केन्द्रबाट एसईईमा सामाजिक विषयको परीक्षा दिँदै गर्दा चैत १७ गते १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, ग्रामथान गाउँपालिका २ झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । 

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा शिक्षा ऐन २०२८ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत तीन वटा छुट्टै ६ वटा कन्सलटेन्सीसहित ३९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । 

जसमध्ये पक्राउ परेर अदालतमा उपस्थित भएकाहरुको हकमा अदालतले आदेश गरेको हो । प्रहरीको अनुसन्धानबाट पास गर्ने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सलटेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप