सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एलआरआई स्कुल र रसियन संस्थाबीच संयुक्त हस्ताक्षर

शुक्रबार, १५ वैशाख २०८०, ०६ : ५५
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौं । काठमाडौं कलंकीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त संस्थाहरुबीच शैक्षिक, सांस्कृतिक तथा ऐतिहासीक सिकाइ तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको हो । अनलाईन प्रविधि मार्फत त्रिपक्षीय उपस्थितिमा एलआरआईका प्राचार्य डा. देबकान्त जोशी र रसिया मस्को संस्थाका डाइरेक्टरहरु आर्टम सिसोभ तथा  भिक्टर फुरिनले आज आयोजित एक समारोहबीच सम्झौता सम्पन्न भएको हो ।

हरेक विद्यार्थीहरु आफैमा विशिष्ट क्षमताका हुने भन्दै तिनीहरुको क्षमतालाई नियमित  शैक्षिक अध्ययनका साथै राष्ट्रिय  तथा अन्तराष्ट्रिय स्तरको अवलोकन भ्रमणले थप प्रभावकारी एवंम शसक्त  बनाउन मद्दत पुग्ने  प्रा.चार्य डा. जोशी बताए ।

सम्झौता कार्यक्रम अन्तर्गत दुबै देशका विद्यार्थीहरुले एक अर्काका देशको भ्रमण गरि शिक्षा प्रणाली, सांस्कृतिक, ऐतिहासिक तथा मनोरन्जनात्मक गतिविधिहरुमा प्रत्यक्ष सहभागी भई अनुभव हासिल गर्नेे मौका पाउने छन् ।

एलआरआई.स्कुलले विगत लामो समय देखि विश्वका १७ वटा मुलुकका विद्यालयहरुसंग सम्झौता गरी शैक्षिक, ज्ञान, सिप तथा सांस्कृतिक महत्वका विषयमा जानकारी आदान प्रदान गर्दै आएको छ । कोभिडका कारण सो कार्यक्रम  स्थगन भएको थियो ।

हाल जनजीवन सामान्य भए संगै  कार्यक्रमलाई निरन्तरता दिन रुसको संस्थासँग नयाँ सम्झौता गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए । 

वर्तमान विश्वव्यापीकरणको समयमा यस्ता जानकारी मुलक अन्तराष्ट्रिय स्तरका भ्रमणले विद्यार्थीहरु आत्मविश्वास, आत्मअनुशासन, समाजिकिकरण, सिक्ने भावना जस्ता व्यवहारमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनवाट पुष्टि भएको विद्याँलयले जनाएको छ ।

कार्यक्रम अन्तर्गत रसीयन टोलीले जेठ महिनामा नेपालको भ्रमण गर्ने कार्यक्रम तए भएको एलआरआई नेपाल तथा रसीया शैक्षिक आदान प्रदान कार्यक्रम संयोजक कौशल पन्तले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप